सञ्चालक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछm–
(क) कोषको व्यवस्थापन गर्ने,
(ख) जोखिम समूहको पूनर्बीमाको आवश्यक व्यवस्था तथा कार्यान्वयन गर्ने गराउने,
(ग) जोखिम समूहको पूनर्बीमा व्यवस्थाको सिंहावलोकन गर्ने,
(घ) कोषको हितको दृष्टिकोणबाट जोखिम समूहको भविष्यमा अरु थप सुरक्षण व्यवस्था गर्न, नयाँ पूनर्बीमा व्यवस्था गर्न र नवीकरण गर्न
बीमकहरूसँग समन्वय गर्ने गराउने,
(ङ) सदस्य बीमकहरूबाट जोखिम समूहको आवश्यक पूनर्बीमा विवरण तथा बीमा शुल्क लिई पूनर्बीमा शुल्क भुक्तानी गर्ने, गराउने,
(च) कोषमा पर्न आउने दावी फछ्र्यौट प्रकृयाको लागि बीमा समितिबाट मान्यता प्राप्त सर्भेयरहरूनियुक्त गर्नु वा सदस्य बीमकहरूले सोही
प्रयोजनको लागि नियुक्त गर्ने सर्भेयरहरूसम्बन्धी आधार निर्धारण गर्ने,
(छ) यस नियमावली अन्तर्गतको दावी फछ्र्यौट प्रक्रिया सम्बन्धी निर्देशिका तयार गरी लागू गर्ने,
(ज) सदस्यता प्राप्त बीमकहरूको लागि “जोखिम समूह” सम्बन्धी बीमा, पूनर्बीमा व्यवस्थापनको निर्देशिका तयार गरी लागू गर्ने र बीमक तथा
पूनर्बीमकहरूसँग समन्वय गर्ने तथा त्यस्ता निर्देशिकाहरूसमयानुकूल परिमार्जन गर्ने,
(झ) कोष सञ्चालन सम्बन्धमा बीमा समिति मार्फत नेपालसरकारलाई आवश्यक प्रतिवेदन तथा सर–सल्लाह र सुझाव दिने,
(ञ) जोखिम समूहका सम्बन्धमा पूनर्बीमकहरूबाट प्राप्त हुने पूनर्बीमा कमिशनमा बीमा समितिको स्वीकृति लिई सञ्चालक समितिले तोकिदिए
बमोजिमको रकम कट्टा गरी बाँकी सम्बन्धित बीमकहरूलाई भुक्तानी दिने,
(ट) यस नियमावली अन्तर्गतको दावी प्रकृयाको अन्तिम टुङ्गो लगाउने,ध
(ठ) जोखिम समूहबाट पर्ने दावी फछ्र्यौट गर्ने, दावीहरूफछ्र्यौट गर्न बीमकहरूलाई अख्तियार प्रत्यायोजन गर्ने,
(ड) कोष सञ्चालनको लागि आवश्यक आर्थिक तथा प्रशासनिक निर्देशिका
तयार गरी लागू गर्ने,
(ढ) कोषको सदस्यताको सम्बन्धमा आवश्यक आधार तर्जुमा गर्ने तथा शुरुमा कोषको सदस्यता नलिएका बीमकहरूको सदस्यता सम्बन्धमा
आवश्यक निर्णय गर्ने,
(ण) नियम ५ बमोजिम सदस्यता प्राप्त बीमकहरूको सदस्यता खारेज गर्ने,
(त) सदस्यता प्राप्त बीमकलाई सदस्यताको प्रमाणपत्र प्रदान गर्ने,
(थ) यस नियमावलीको उद्देश्य प्राप्तिका लागि आवश्यक अन्य कार्यहरूगर्ने ।